
आज स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदाताले जनप्रतिनिधि चुन्नका लागि मतदान गरिरहेका छन् ।
देशका ७७ जिल्लाका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्दैछन् । निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरी ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् । शीर्ष नेता तथा भीआईपीहरू बिहानै आफ्नो नजिकैको मतदान केन्द्रमा पुगेर भोट खसालेका छन् । युवा देखी वृद्धवृद्धासम्म मतदान गर्न उत्साहका साथ मतदानस्थलमा पुगिररहेका छन् ।



























प्रतिक्रिया