आइतबार, १५ जेठ २०७९

लुम्बिनी विकास बैंकको थप दुई शाखा सञ्चालनमा

समयपोष्ट २०७९ वैशाख २६ गते १७:२८

Advertisement

लुम्बिनी विकास बैंकले थप दुई शाखाहरुको उद्घाटन गरेको छ ।

बैंकले आज सोमबार ८२ औँ शाखाको रुपमा कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटा शाखा र ८३ औँ शाखाको रुपमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं.८, स्थित ताराताल शाखा संचालनमा ल्याएको हो।

बैंकको चन्द्रौटा शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन के. सी.ले संयुक्त रुपमा गरेका छन् । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग बाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गरेका छन् ।

आज खोलिएका दुई शाखा सहित यस बिकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको बाणी मा समेत गरी थप ३ शाखाहरु खोल्नको लागी तयारी गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री