शनिबार, १५ वैशाख २०८१

एनआईबिएल सहभागिता फण्डको एजेन्टमा सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नियुक्त

समयपोष्ट २०७९ वैशाख १९ गते १९:०२

Advertisement

एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल सहभागिता फण्डको एजेन्ट नियुक्त गरेकाे छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाका इकाईहरुको खरिद/बिक्रिलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडलाई सामूहिक लगानी कोष नियमावली तथा सो अन्तर्गत निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त गरेकोे हाे ।

यस अघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका तोकिएका शाखाहरु मार्फत हुँदै आइरहेको छ ।

विगत २ वर्ष भन्दाबढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा पहिलो खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ भने यस योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५% र दोस्रो आर्थिक वर्षमा ५०% नगद लाभांश प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री