
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् ।
बिहीबार मन्त्रिपरिषद बैठकमा ओलीले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने तर धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका छन् ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार ओलीले अब विश्वासको मत नलिने, अब ७६ (५) अनुसार उनीहरुलाई (विपक्षी दललाई) नै सरकार बनाऊ भनेर राष्ट्रपतिलाई सिफारिश गरौं भनेको एक मन्त्रीले बताए ।
ओली संविधानको धारा ७६ (३) अनुसार संसदको सबै भन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । यो व्यवस्थाअनुसार नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।









प्रतिक्रिया