
सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
कोराना संक्रमण पुष्टि भएका सांसदहरुले सोमबार प्रतिनिधिसभामा कसरी मतदान गर्ने भन्नेबारे छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि संसद बैठक आयोजना गरिएका कारण यो असामान्य स्थितिमा कोरोना पोजेटिभ भएका सांसदहरुलाई पनि मतदानको अधिकारबाट बञ्चित नगरिने संसद सचिवालयले जनाएको छ ।
तर, संक्रमित सांसदहरुले कसरी मतदान गर्ने भन्नेबारे आजको कार्यव्यवस्था परामर्श समितिमा सबै दलका सचेतकहरुसँग छलफल गरिने सचिवालयको भनाइ छ ।









प्रतिक्रिया