बुधबार, १२ वैशाख २०८१

एशियन लाइफको बिमा शुल्क १६.८४ प्रतिशतले बढ्यो

समयपोष्ट २०७७ वैशाख ३० गते १४:०४

Advertisement

एशियन लाइफ इन्स्योरेन्सको बिमा शुल्क १६.८४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ६५ करोड बिमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३ अर्ब ९ करोड बढी बिमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो वर्ष यही अवधिसम्म ३ करोड ५२ लाख रुपैयाँ रहेको बिमालेखको धितोमा कर्जाबाट हुने आय बढाएर यो वर्ष ७ करोड ३२ लाख पुर्याएको छ ।

अन्य प्रत्यक्ष आय पनि २ करोड ३ लाखबाट बढेर २ करोड ६३ लाखको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सले ४१ करोड ९७ लाखको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी २६ करोड ७९ लाखमा सीमित थियो । कम्पनीको नाफा भने उत्साहजनक ढंगले बढेको छ । अघिल्लो वर्ष यही अवधिसम्म ५ करोड ४४ लाखमा सीमित नाफा बढेर यो वर्ष १३ करोड ७ लाख पुगेको हो । यो भनेको नाफातर्फ १४०.२५ प्रतिशतको छलाङ मारेको हो ।

कम्पनीको जीवन बिमा कोषको आकार पनि २७.६० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १५ अर्ब ७८ करोड रुपैयाँ रहेको कोषको आकार बढी यो वर्ष २० अर्ब १४ करोड पुगेको छ ।

अघिल्लो वर्ष २८ करोड ३४ लाखमा सीमित रिजर्बको आकार बढी ४९ करोड ५९ लाख पुगेको छ भने ४ करोड २६लाखमा सीमित महाविपत्ति जगेडाको आकार समेत बढी ५ करोड ६१ लाख पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १३.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.४६ रुपैयाँ, पीई अनुपात ३५.८४ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११४९.८४ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री