मंगलबार, ८ जेठ २०८१

सुजुकीको ‘स्योर प्राइज’ योजना: ४ लाखसम्म नगद छुट, १ लाखसम्मको एक्चेन्ज बोनस

समयपोष्ट २०७६ वैशाख १७ गते १८:४८

Advertisement

सिजी होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सिजी मोटोकर्पले सुजुकी ‘स्योर प्राइज’ योजना सार्वजनिक गरेको छ।

नयाँ वर्ष २०७६ को अवसरमा कम्पनीले ल्याएको यस योजनामा सुजुकीका ग्राहकले ४ लाखसम्मको नगद छुट,१ लाख सम्मको एक्चेन्ज बोनस र एक वर्षको लागि निःशुल्क बीमा पनि प्राप्त गर्न सक्नेछन्।

यो योजना यही वैशाख १३ गतेदेखि देशभर प्रारम्भ भई सीमित अवधिको लागि सीमित मोडेलहरुमा लागू गरिएको कम्पनीले जनाएको छ।

नेपालमा सुजुकीका उत्पादनहरु Alto, K10, नयाँ ठूलो Wagonr, Celerio, Celeriox, Ignis, Swift, Baleno, Dzire, Brezza, Vitara Brezza, Omni van, Omni Cargo, Eeco तथा Super carry जस्ता गाडीहरु बजारमा विक्री हुँदै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री