मंगलबार, २५ वैशाख २०८१

आर्थिक समृद्धिको लागि यी १० कुरामा ध्यान दिनुहोस् कहिले हुँदैन धनको अभाव

समयपोष्ट २०७६ वैशाख १२ गते १४:११

Advertisement

आर्थिक समृद्धि बनिरहोस् भन्ने चाहना जो कसैको पनि हुन्छ । घरमा गरिने स साना गल्तीले आर्थिक नोक्सानी बढिरहेको हुनसक्छ । घरमा सामान्य केही कुुरामा ध्यान दिने हो भने सधै लक्ष्मी दाहिना भइरहन्छिन् ।

उक्त दिशालाई कुवेरको दिशा मानिन्छ त्यसकारण यो दिशा सधै सफा राख्नुपर्छ । उत्तर दिशा सफा राख्दा धन लाभ हुन्छ । त्यस्ते उत्तर पुर्व कुनामा भगवान्को वास हुने र विभिन्न देव देवताको शक्ति उक्त कुनामा हुने विश्वास गरिन्छ । उक्त कुनालार्ई इशान कोण पनि भनिन्छ । उक्त कोणमा कुनै दोष नहुने हो भने घरमा पैसा आइरहने बताइन्छ ।

आर्थिक समृद्धिको लागि अपनाउनुहोस् यी टिप्स

-घरको उत्तर दिशामा ढोका राख्नु भएको छ भने रंग निलो लगाउदा शुभ हुन्छ ।

Advertisement

-पानीको दिशा उत्तर बनाउनु शुभ मानिन्छ ।

-पानीको ट्यांकीमा शंख,चाँदीको कछुवा अथवा चाँदी सिक्का राख्दा शुभ हुन्छ ।

-घरमा याक्वरियम राख्नुभएको छ भने उत्तर दिशामै राख्नुहोस् ।

-उत्तर कुवेरको दिशा भएको हुँदा तिजोरी सोही दिशामा राख्नुहोस्

-उत्तर दिशामा निलो रंगको पिरामीड राख्दा धन लाभ हुन्छ ।

-उत्तर दिशामा सिसाको कचौरा राख्ने र त्यसमाथि चाँदीको सिक्का हाल्दा शुभ हुन्छ ।

-पुर्व उत्तर कुनामा गणेश लक्ष्मीको मुर्ति राखेर पूजा गर्दा शुभ फल मिल्छ ।

-घरको पूर्व उत्तर कुनामा कहिले फोहोर राख्नु हुँदैन ।

-घरको उत्तर दिशामा अमला अथवा तुलसीको बृक्ष राप्नु शुभ हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री