मंगलबार, ८ जेठ २०८१

सुरु भयो यामाहा महा–एक्सचेन्ज मेला,एफजीएस एफआई भी ३.० सार्वजनिक

समयपोष्ट २०७६ वैशाख ९ गते १८:३६

Advertisement

नेपालका लागि यामाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले एक्सचेन्ज मेला सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको मेलाको मिस नेपाल २०१८ श्रृंखला खतिवडा, इन्डिया यामाहा मोटर्सका भाइस प्रिसिडेन्ट ताकासि यामडा र यामाहा मोटर्स इन्डियाका चिफ मेनेजर हिमांशु शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।

६ दिनसम्म चल्ने मेलामा ग्राहकले जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकलको प्रचलित बजार मूल्यांकनभन्दा थप २५ हजार रुपैयाँ मूल्यांकन पाउनेछन् । साथै, ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट, फ्रि एकसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनेछन् । महा–एक्सचेन्ज मेलामा सेलिब्रिटी वाक इन, फ्रि लाइसेन्स ट्रायल, टेस्ट राइड, राइड कम्पिटिसन, डोर प्राइज र फुडस्टल पनि हुनेछन् । मेलामा एक्सचेन्जका अलावा जुनसुकै ब्राण्डका मोटरसाइकलको फ्रि वाश र फ्रि चेकअप पनि हुनेछ । महाएक्सचेन्ज मेला यामाहाको हालसम्मकै ठूलो मेला हुने अपेक्षा एमएडब्ल्यूले लिएको छ ।

यामाहा एफजीएस एफआई भी ३.० सार्वजनिक

महा–एक्सचेन्ज मेलामा एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहा एफजीएस एफआई भी३.० पनि सार्वजनिक गरेको छ । द हिमालायन रोडिज्का जज दिया मास्के र रेमनदास श्रेष्ठले नयाँ एफजीएस एफआई भी३.० अनावरण गरेका हुन् । ।

Advertisement

एफजीको विरासत र ‘सिग्नेचर स्टाइलिङ’लाई निरन्तरता दिँदै बजारमा ल्याइएको यामाहा एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।

अहिले रोमाञ्चक राइडका लागि अपरिहार्य बनेको सेफ्टी फिचर ‘एबीएस’जडित शक्तिशाली यामाहा एफजीएस–एफआई भी ३.० लाई ‘दी लर्ड अफ दी स्ट्रिट’ भन्न सकिने कम्पनीले दावी छ । एबीएस र फ्युल इन्जेक्टेड ब्लुकोर इन्जिनले एफजीएस–एफआई भी ३.० लाई आर्थिक र वातावरणीय रुपमा १५० सीसीको सर्वोत्कृष्ट मोटरसाइकल बनाएको छ । यामाहा एफजीएस–एफआई भी ३.० को प्रारम्भिक मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ ।

नयाँ एफजीएस–एफआई भी ३.० मा १४९ सीसीको ‘सिंगल–सिलिन्डर, फ्यूल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा अघिल्लो पुस्तामा झैं ५–स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ प्रयोग गरिएको छ । यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ ।

राइडरको सुरक्षालाई मध्यनजरमा राखेर यामाहाले एफजीएसको तेस्रो पुस्तामा सिंगल च्यानल ‘एबीएस’ जडान गरेको छ जसले ब्रेकिङ कन्ट्रोललाई जबरजस्त बनाइदिएको छ । नयाँ मोटरसाइकलको फ्यूल ट्यांक क्षमता १२.८ लिटर रहेको छ भने यो ‘म्याट ब्लु’, ‘म्याट ब्ल्याक’ र ‘ग्रे सायन’ गरी तीन वटा ‘एक्साइटिङ कलर’मा उपलब्ध छ ।

नयाँ एफजी भी ३.० मा नयाँ ‘फुल–एलईडी डुअल पड हेडल्याम्प युनिट’ र ‘प्रिमियम क्रोम फिनिस’ भएको नयाँ ‘मस्कुलर फ्यूल ट्यांक’ रहेको छ । ‘मस्कुलिन थिम’मा डिजाइन गरिएको नयाँ एफजी भी ३.० मा नयाँ ‘स्पेट–अप स्टाइल’को सिंगल सिट, नयाँ एलोई ह्विल र फेन्डरहरु समेत ‘रिडिजाइन’ गरिएको छ ।

त्यस्तै, टर्न इन्डिकेटर थोरै माथि सारिएको छ भने एक्जस्ट कभरको डिजाइन पनि आकर्षक बनाइएको छ । यसमा पनि डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको छ तर अघिल्लो पुस्तामा भन्दा धेरै ‘इन्फर्मेसन’ यसले दिन्छ । त्यसैगरी, नयाँ मोटरसाइकलमा ‘कि (साँचो) पोजिसन’ ट्यांकमा सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री