आइतबार, ६ जेठ २०८१

टाटा मोटर्सको ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न

समयपोष्ट २०७६ वैशाख ५ गते २०:०९

Advertisement

टाटा मोटर्स नेपालका लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ संचालन गरेको छ । प्राविधिकहरुको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यका साथ म्याक लुब्रिकेन्ट्सको सहकार्यमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ संचालन गरेको हो ।

सार्क स्तरीय उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समुहमा ३–३) सहभागी भएका थिए । सेवा सल्लाहकार तर्फ नेपालका उज्ज्वल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भएका थिए ।

तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरेका थिए । त्यसैगरी प्राविधिक वर्गमा नेपालका डेम बहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री