आइतबार, ६ जेठ २०८१

हिरोको फेमिली स्कुटर ‘डेस्टिनी १२५’ बजारमा, यस्ता छन् बिशेषता

समयपोष्ट २०७६ वैशाख ५ गते १४:०७

Advertisement

हिरो मोटरकर्पले ‘आइथ्रीएस’ प्रविधि सहितको फेमिली स्कुटर – ‘डेस्टिनी’ १२५ सार्वजनिक गरेको छ । डेस्टिनि १२५ को भ्याट सहितको मूल्य २ लाख ६ हजार रुपैयाँ तोकिएको छ।

स्टाइल, पावर र प्रविधिमा विशेष संयोजन रहेको नयाँ डेस्टिनि १२५ नेपालको पहिलो र एकमात्र फेमिली स्कुटर भएको कम्पनीको भनाइ छ। जसमा हिरोको प्रविधिमा आधारित अत्यन्त क्षमतावान् आएथ्रीएस (आइडल स्टार्ट–स्टप–सिस्टम) जडान गरिएको छ। यसमा सशक्त यात्राका लागि पावर ८.७ बिएचपी, ६७५० आरपिएम आरएमपी , टर्क १०.२ एनएम, ५०० आरएमपीको शक्तिशाली इन्जिनबाट प्राप्त गर्दछ ।

बाहिरबाटै इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइलचार्ज गर्ने मिल्ने र बूट लाइट यसमा भएको विशेष सुविधाहरु हुन्। साथै स्कूटरमा भएको टेलिस्कोपिक सस्पेन्सन र एकीकृत ब्रेकिङ्ग प्रणालीले आरामादायी यात्राकोे अनुभूति दिलाउँछ ।

परिवार लक्षित यस स्कुटरले कामकाजी युवापुस्तालाई समेत आकर्षित गर्ने कम्पनीको विश्वास छ । डेस्टिनी १२५ आधुनिक र प्रिमियम स्कुटरको चाहनालाई पुरागर्न सम्पूर्ण रुपमा स्टाइलमय प्याकहरुले सुसज्जित छ। जसमा प्रिमियम बडी, सिग्नेचर टेल लाइट, र विङकर बत्ती, स्टाइलिस काष्ट पाङ्ग्रा , बडी रङ्गको ऐनाहरु र डुयल टोन सिट कभर समाविष्ट छन् । नयाँ डेस्टिनी रेड, क्यासटन्यूट ब्रोन्ज, ह्वाइट, र ब्ल्याक कलरमा उपलब्ध छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री