शनिबार, १५ वैशाख २०८१

यस्तो कण्डम जुन दुईजनाको सहमतीमा मात्र यसरी खोलिन्छ (भिडियो)

समयपोष्ट २०७५ चैत २९ गते ९:३७

Advertisement

 

अर्जेन्टिनाको ‘सेक्स टोय’ बेच्ने एक कम्पनीले यस्तो कण्डम सार्वजनिक गरेको छ जुन दुई जनाको सहमति बिना खोल्न पनि सकिदैन । अर्जेन्टिनाको कम्पनी ‘तुलिपन’ले सार्वजनिक गरेको यस कण्डमको प्याकेटको चार कुनामा पोइन्ट बनाइएका छन् । प्याकेट खोल्नका लागि एकै समयमा चारवटा पोइन्ट (ठाउँ) मा दबाउनुपर्ने छ ।

‘कन्सेन्ट कण्डम’ नाम दिइएको यो कण्डमको प्याकेटको चार कुनामा पोइन्ट बनाइएका छन् । यदि दुई व्यक्तिले आफ्नो दुबै हातले यसलाई सँगै दबाउँछन् भनेमात्र यसको प्याकेट खोलिन्छ । कण्डमको प्याकेटमा लेखिएको छ, ‘यदि यसमा सहमती छैन भने यो असहमती हो ।’

कम्पनीको विज्ञापन गर्ने एजेन्सीका जोआक्विन क्याम्पिन्सले भने, ‘कम्पनीले सधैं सुरक्षित खुशीको कुरा गर्दै आएको छ । तर यसपटक हामीले यौन सम्बन्धको चर्चा गर्दै सुख त्यतिबेला मात्रै सम्भव हुन्छ जब यसमा दुबैको बराबर सहमती हुन्छ ।’ यसलाई औपचारिक रुपमा यसै वर्ष सार्वजनिक गरिनेछ । यद्यपि, यसका केही निश्चित प्याकेट बार र ब्यूनोस आयर्समा आयोजित कार्यक्रममा सहभागी जोडीलाई नमूनाको रुपमा निःशुल्क बाँडिदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री