
एन आई सी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् iPhone 16’ योजना घोषणा गरेको छ।
मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा ल्याइएको यो योजनामा सहभागी ग्राहकले iPhone 16 जित्ने अवसर प्राप्त गर्नेछन्।
योजनामा सहभागी हुन ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत रु. १०० वा सोभन्दा बढीको मोबाइल टपअप गर्नुपर्नेछ। योजना अवधिपछि गोलाप्रथाद्वारा एक जना भाग्यशाली विजेतालाई iPhone 16 प्रदान गरिनेछ। यो योजना २०८२ वैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
बैंकले नयाँ वर्षले ग्राहकमा खुसी र उत्साह थप्ने विश्वास व्यक्त गर्दै यो योजनाले ग्राहकसँगको सम्बन्धलाई थप प्रगाढ र विश्वसनीय बनाउने अपेक्षा गरेको छ।









प्रतिक्रिया