सोमबार, २४ वैशाख २०८१

सांसद गुरुङको निलम्बन फुकुवा

समयपोष्ट २०८१ वैशाख १२ गते १८:१७

Advertisement

सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ ।

संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेश अनुसार निलम्बन फुकुवा गरेको जनाएका छन् ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री