सोमबार, २४ वैशाख २०८१

नेपाल र कतारबिच ८ वटा सम्झौता

समयपोष्ट २०८१ वैशाख १२ गते १२:४७

Advertisement

नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबिचको भेटवार्तापछि विभिन्न आठ विषयमा सम्झौता भएको हो ।

यस्तै छ वटा विषयमा सझादारी पनि भएको भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ ।

८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ ।

Advertisement

कला र संस्कृति, शिक्षा, कूटनीतिक तालिम, युवा खेलकुद, न्युज एजेन्सी र दुई वटा निजी क्षेत्रमा भएको त्यसमा नेपालको तर्फबाट एफएनसीसीआई र कतारका चेम्बर अफ कमर्स बिचमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री