कीर्तिपुरमा बस दुर्घटना, त्रिविका प्राध्यापकको निधन
समयपोष्ट
२०८१ वैशाख २३ गते १८:२०
कीर्तिपुरमा आज बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ ।
रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।
दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।
प्रतिक्रिया