शनिबार, ५ जेठ २०८१

मेटलाइफ नेपालको जीवन बीमा बारे सचेतना जगाउन “हेलो बिमा” कमिक्स भिडियो सार्वजनिक

समयपोष्ट २०८० वैशाख १३ गते २१:१६

Advertisement

मेटलाइफले, बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा “हेलो बिमा” नामक कमिक भिडियो शृङ्खला ल्याएको छ ।

जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड श्रृंखला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पहिलो शृङ्खलामा बीमाको आधारभूत कुराहरू, जसमा सेवाको फाइदाहरू र यसलाई कसरी बैंक बचतसँग तुलना गर्न सकिन्छ भन्ने बारेमा जानकारी समावेश गरिएको छ । दोस्रो शृङ्खलाले दर्शकहरूलाई बीमामा विभिन्न सेवाहरू जस्तै प्रिमियम भुक्तानी सुविधा, उपलब्ध राइडरहरूको बारे जानकारी, व्यतित बीमालेख पुनर्स्थापना गर्ने कदमहरू र बीमा योजनालाई धितो राखी ऋण कसरी लिने भन्ने बारेमा जानकारी दिइएको छ। यस शृङ्खलामा बीमा दाबी गर्ने तरिका, विभिन्न प्रकारका बीमाहरू र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनौट गर्ने भन्ने बारे जानकारीका साथ समाप्त हुन्छ ।

मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठज्यू भन्नुहुन्छ, “मेटलाइफले विश्वभरका परिवारहरूलाई १५५ वर्षदेखि आर्थिक रूपमा सुरक्षित भएको महसुस गराई विश्वस्त भई बाँच्न मद्दत गर्दै आएको छ । यहाँ नेपालमा हामीले धेरै ग्राहकहरुलाई वीमाले प्रदान गर्न सक्ने लाभ तथा आर्थिक आत्मनिर्भरताको बारेमा जानकारी दिदैं आएका छौं । तर अझै पनि यस विषयमा धेरै काम गर्न बाँकी रहेको महसुस गरेका छौं । बीमा सम्बन्धि ज्ञान मनोरञ्जनात्मक तथा पहुँच योग्य तरिकामा देशैभर रहनु भएका आम नागरिकमा पु¥याउन पाउँदा गौरवान्वित छौं ।”

Advertisement

मेटलाइफ सन २००१ देखि नेपालमा अमेरिकि लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा संचालन भइरहेको छ । मेटलाइफले नेपालमा व्यक्तिगत ग्राहक तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना एवं स्वास्थ्य बीमा तथा संस्थागत कर्मचारी लक्षित समूह बीमा प्रदान गरिरहेको छ ।

 

भिडियो हेर्नका लागि  https://youtu.be/P5mQBRwFw_w

प्रतिक्रिया

सम्बन्धित सामाग्री