मंगलबार, ८ जेठ २०८१

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरको लागि स्वीकृति

समयपोष्ट २०८० वैशाख १३ गते १३:१८

Advertisement

नेपाल धितोपत्र बोर्डले आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।

बोर्डले दुबै कम्पनीलाई मर्जरमा जानको लागि बैशाख १२ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।

बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ अनुसार मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको जनाएको छ ।

एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री