सोमबार, ७ जेठ २०८१

एसबीआई क्यापिटल मार्केट्स र एसबिआई मर्चेन्टबिच विभिन्न सेवा उपलब्ध गराउने समझदारी

समयपोष्ट २०८० वैशाख ३ गते १९:३१

Advertisement

भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबिच विभिन्न सेवा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आइतबार एक कार्यक्रमकाबिच एसबीआई क्यापिटल मार्केट्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा एसबिआई मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समझदारीको प्रमुख लक्ष्य परियोजनामा लगानी, Syndication, Project Appraisal नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नु आदि रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालमा विशेषगरी जलबिद्युत परियोजना लगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा कार्यहरु बढेको र जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरुमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको जनाएको छ ।

उक्त हस्ताक्षर कार्यक्रम भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा, भारतीय स्टेट बैंकका प्रबन्ध संचालक सि. एस. सेट्टी, नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल तथा अन्य संचालकहरु, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे SBI, SBICAPS, NSBL तथा NSMBLअन्य वरिष्ठ महानुभावहरुको रहेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री