सोमबार, ७ जेठ २०८१

नयाँ वर्ष २०८० को अवसरमा सनराईज क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सम्बन्धी नयाँ योजना

समयपोष्ट २०७९ चैत ३० गते २०:०७

Advertisement

नयाँ वर्ष २०८० को पावन अवसरमा यस सन्राईज क्यापिटल लिमिटेडले वर्तमान पुंँजी वजारको अवस्थालाई ध्यानमा राखी आफ्ना ग्राहक वर्गहरुलाई दीर्घकालिन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष सहित लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ एस आई पि पोर्टफोलियो योजना (SIP Portfolio Scheme) संचालनमा ल्याएको छ ।

उक्त योजनामा सहभागि हुने लगाानीकर्ताहरुले निश्चित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने हुन्छ । उक्त रकम यस कम्पनीको लगानी व्यवस्थापन विभागमा कार्यरत प्रबन्धक लगायतका दक्ष जनशक्तिद्धारा दीर्घकालिन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी गर्ने गरिन्छ ।

धितोपत्र बजारमा सहभागि हुन चाहने तर आफ्नो लगानी आफै व्यवस्थापन गर्न समय वा विशेषज्ञताको अभाव रहेका लगानीकर्ताहरुका लागि यो योजना एक लोकप्रिय लगानी विकल्प हो । हाल घट्दो बजार परिस्थितिमा यस योजनाले लगानीकर्ताहरुको जोखिम न्युनिकरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्दछ ।

क्यापिटलका अनुसार यस योजनामा सहभागि हुन चाहने लगानीकर्ताहरुले न्युनतम ३ लाख लगानी गर्नुपर्नेछ, नियमित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्नेछ, लगानी अवधि पाँच वर्षको हुनेछ र साना तथा ठूला सबै किसिमका लगानीकर्ताहरुका लागि यो योजना लाभदायि सावित हुनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री