आइतबार, २९ असार २०८२

‘राज्यको संयन्त्रबाट निजी बिद्यालयको अनुगमन आवश्यक छ’

समयपोष्ट २०७५ वैशाख १० गते ४:२२

अहिले निजी क्षेत्रहरूलाई जीवित रहन निकै नै चुनौती छ । सरकारको नीति–नियम स्पष्ट नआउने सबैभन्दा ठूलो समस्या थियो । निजी शिक्षा क्षेत्रका केही व्यक्तिहरू नीति निर्माण तहमा पनि पुगे । तर कतिपय निर्णयहरू हचुवाको भरमा गरे जस्तो देखिन्छ । जस्तो कि अहिलेको ग्रेडिङ सिस्टम । यसले नेपालको शिक्षा क्षेत्र निकै नै डाउन बनाएको छ । त्यही सिस्टमले गर्दा विद्यार्थीहरूमा राम्ररी पढ्नुपर्छ, त्यो आफ्नो भविष्यको लागि हो भन्ने नै भएन । जसरी पनि पास भइहालिन्छ भन्ने विद्यार्थीमा परेको छ । त्यसले अलिकति असहज परिस्थिति सिर्जना गरेको छ । त्यसले गुणस्तरीय शिक्षामा घाटा पु¥याएको छ । निजी शैक्षिक संस्था दिगो रूपमा सञ्चालन गर्न अनेक किसिमका बाधा–व्यवधानहरू थिए । तर अब केही हुन्छ कि भन्ने अपेक्षा छ । त्यस्ता व्यवधानहरू हटाउन लागिपरेका छौँ । अब अहिलेको स्थिर सरकारले के–के गर्छ, त्यो पनि हेरौँ । पक्कै पनि केही राम्रो गर्छ भन्ने हाम्रो आशा छ ।

Advertisement

निजीका विकृति र शुल्क

सामान्य मासिक शुल्क लिनेदेखि लाखौँ उठाउने निजी विद्यालयहरू यहाँ छन् । नियामक निकायहरूले त्यसमा ध्यान नदिएका पनि होइनन् तर उनीहरूले त्यस विषयमा के गरिरहेका छन् भन्ने नै अन्योल छ । नेपालमा जसले जे गरे पनि हुन्छ । विद्यालयहरूले आफ्नै हिसाबले मनोमानी ढङ्गले शुल्क असुल गरिरहेका छन् । लिनेले लिएको लियै छन् । अनि जसले नेपालको शिक्षा क्षेत्रमा मध्यमवर्गीय परिवारलाई समेटेर गुणस्तरीय शिक्षा दिन लागिपरेका छन्, त्यस्ताले हरेक नीति–नियममा बाँधिनुपर्ने, विभिन्न बाधा–अड्चनको सामना गर्नुपर्ने अवस्था छ । त्यो निकै नै दुर्भाग्यपूर्ण कुरा हो । काठमाडौँमा मासिक ७० हजारसम्म शुल्क उठाउने विद्यालयहरू पनि छन् । मज्जाले चलाइरहेका छन् । हामीले मध्यमवर्गीय परिवारलाई हुने विद्यालय सञ्चालन गरिरहेका छौँ । यहाँ सबै किसिमका विद्यार्थीहरूले अध्ययन गर्न सक्छन् । तर शुल्ककै कुरा गर्दा यदि अभिभावकहरू विद्यालयले तोकेको शुल्क तिर्न तयार छन् भने के गर्ने ? कि सरकारको नीतिले नै कस्न सक्नुप¥यो । त्यसो हुन सक्यो भने समस्या नआउला, होइन भने त्यस्ता विद्यालयहरूमा केही विसङ्गति र अप्ठेरो परिस्थिति पक्कै ल्याएको छ ।

पहिलेको तुलनामा अहिले निकै नै चुनौती छ । सबैभन्दा ठूलो चुनौती भनेको अहिले बढेको अस्वस्थ प्रतिस्पर्धा नै हो । अहिले एउटै गल्लीमा तीनवटासम्म स्कुल हामी भेट्टाउँछौँ । ती विद्यालयहरू कसरी खुलेका छन्, सम्बन्धित निकायबाट ती विद्यालयलाई अनुमति छ कि छैन, त्यसमा कसैको चासो देखिँदैन । स्कुलहरू अत्यधिक बढेका छन् । अहिले हरेक अभिभावकको चाहना गुणस्तरीय शिक्षासँगै आना बालबालिका अनुशासित, सभ्य, सुसंस्कृत, हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने, क्षमतावान् होऊन् भन्ने चाहना राख्छन् । त्यसले गर्दा खुलेका हरेक स्कुलमा राज्यको सम्बन्धित संयन्त्रले अनुगमन पक्कै गर्नुपर्छ । त्यसो गर्दा गुणस्तरीय शिक्षाको सवालमा केही सुधार पक्कै ल्याउँछ ।

Advertisement

अभिभावकलाई सुझाव

विगतमा नेपालमा प्रसस्थ स्कुल खुल्ने र केही समयपछि बन्द हुने क्रम चल्यो । उच्च शिक्षाको लागि बाहिर गएर आउँदा कुनै रिकमेन्डेसनहरू चाहिँदा स्कुल नभेटेर पाइने सुविधाबाट वञ्चित भएको अवस्था पनि हिजोको दिनमा देखियो । त्यस कारण अभिभावकले स्थायित्व भएको स्कुल नै हेर्नुपर्छ । अर्को, स्कुलले कस्ता विद्यार्थीहरू उत्पादन ग¥यो र ती अहिले कहाँ छन्, त्यो बुझ्न अत्यन्त जरुरी छ । स्वावलम्ब र आत्मनिर्भर बनाउन सक्ने विद्यालय खोजे पक्कै पनि अभिभावकहरूलाई सजिलो हुन्छ । सबैभन्दा मुख्य कुरा भनेको स्थायित्व नै हो ।

नोबेल एकेडेमीका विशेषता

यो स्कुल सञ्चालनमा आएको २१ वर्ष भइसकेको छ । २१ वर्ष भनेको एउटा बच्चा हुर्किएर जवान भइसकेको छ । पक्कै पनि हामीले धेरै उत्कृष्ट विद्यार्थीहरू उत्पादन गरिसकेका छौ । संसारका हरेक कुना–कुनामा हाम्रा विद्यार्थीहरू पुगेका छन् ।

हामीले समयसापेक्ष शिक्षामा विशेष प्राथमिकता दिएका छौँ । अबको दुनिया भनेको प्राचीन छैन । तर नेपालको शैक्षिक प्रणाली भनेको अझै पनि उही परम्परागत नै छ । सय पेजको किताब पढेर त्यसबाट उत्तर दिएर राम्रो नम्बर ल्याउँदा अभिभावक खुसी हुने र बच्चा ट्यालेन्ट भन्ने अवस्था छ तर वास्तवमा तथ्य त्यो होइन । संसार ग्लोबल भिलेज भइसकेको छ । संसार जहाँबाट पनि थाहा पाउनुपर्ने अवस्था छ । हामीले त्यो खालको प्रविधिहरूलाई पनि आधार मान्दै संसारमा कहाँ कस्तो खालको पढाइ हुन्छ, अहिले चाहिने मुख्य कुरा त्यही नै छ । त्यसको लागि विभिन्न देशहरूमा पार्टनरसिप स्कुल विकास गरेका छौँ । साथै, विभिन्न समयमा हामी विद्यार्थी, शिक्षक बीच अन्र्तक्रिया कार्यक्रमहरू पनि गर्छौं ताकि हाम्रा विद्यार्थीहरूले त्यो देशको पढाइ कस्तो छ भन्ने बुझ्ने मौका पाऊन् । कतिपय कुराहरू सुनेर–देखेर पनि जानिन्छ । त्यस कारण समय–समयमा विभिन्न देशका प्रोफेसरहरू यहाँ आएर हाम्रा विद्यार्थीहरूसँग अन्तत्र्रिmया गर्नुहुन्छ । त्यसबाट हाम्रा विद्यार्थीहरूले सिक्ने मौका पाएका छन् ।

हाम्रो विद्यालयमा केही समयपछि जापानबाट विज्ञ आउँदै हुनुहुन्छ । डिजास्टर म्यानेजमेन्टसम्बन्धी टे«निङ हामीले सञ्चालन गर्दैछौँ । उक्त वर्कसप निजी स्कुलमा नोबेल एकेडेमीमा र अर्को सरकारी विद्यालयमा गर्दैछौँ । विगतमा जस्तै नेपालमा भूकम्प आइहाले के गर्ने ? त्यसबारे हामी प्रायः अझै अनभिज्ञ नै छौँ । त्यसबारे पनि हामीले ट्रेनिङ चलाउँदै छौँ । यस्ताखालका कार्यक्रमहरू हाम्रो विद्यालयमा समय–समयमा भई नै रहन्छन् । विद्यार्थीका लागि हामीले समयसापेक्ष पढाइमा ध्यान दिँदै प्रोजेक्टबेस लर्निङ र ग्रुप वर्कमा मुख्य जोड दिएका छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री