बिहीबार, १३ वैशाख २०८१

कोहलपुरमा जनता बैंकको १०८ औं शाखा

समयपोष्ट २०७५ वैशाख ३ गते १०:२३

जनता बैंक नेपाल लिमिटेडले कोहलपुर शाखाबाट कारोवार शुरु गरेको छ । बैंकले सोमबारदेखि बाँकेमा रहेको १०८ औं शाखाबाट सम्पूर्ण बैंकिङ कारोबार सञ्चालनमा ल्याएको छ ।

Advertisement

यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने छ ।

कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्नेछन् ।

यससँगै बैंकको शाखा सञ्जाल १०८ पुगेको छ । बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री