शनिबार, ८ वैशाख २०८१

शे–फोक्सुन्डो निकुञ्जद्वारा कम्प्युटर प्रदान

समयपोष्ट २०७५ वैशाख ३ गते ९:४४

डोल्पामा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले दुईवटा विद्यालय र नेपाली पत्रकार महासंघ जिल्ला शाखालाई कम्प्युटर सेट प्रदान गरेको छ ।

Advertisement

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा पर्ने त्रिपुरा मावि काटियाँचौर, ठूलीभेरी नगरपालिकाअन्तर्गत रह गाउँमा पर्ने शुभकामना निमावि र पत्रकार महासंघ जिल्ला शाखालाई एक–एक सेट कम्प्युटर प्रदान गरेको हो ।

निकुञ्ज क्षेत्रभित्र पर्ने जैविक विविधताको संरक्षणलाई मध्यनजर राख्दै कम्प्युटर सेट प्रदान गरिएको निकुञ्जले जनाएको छ ।

विद्यालयलाई प्रदान गरिएको कम्प्युटरभित्र जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न जानकारीमूलक कुराहरु भिडियो, तस्वीर, वृत्तचित्र विद्यार्थीलाई राखिएकाले फुर्सदको समयमा विद्यार्थीलाई देखाएर जैविक विविधता संरक्षणसम्बन्धी जानकारी प्रदान गर्न सकिने निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो ।

विद्यार्थीमार्फत संरक्षणसम्बन्धी जानकारी दिँदा गाउँघरमा समेत प्रचारप्रचार हुने र जैविक विविधता संरक्षणमा टेवा पुग्ने संरक्षण अधिकृत चौधरीको भनाइ छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री