मंगलबार, ११ वैशाख २०८१

परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

समयपोष्ट २०७४ चैत ३० गते १५:५४

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनका विदेशमन्त्री वाङ वीको निमन्त्रणामा आउँदो वैशाख २ गतेदेखि ७ गतेसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

Advertisement

नयाँ सरकार गठनपछि नेपाल सरकारको सम्बन्धित मन्त्रीका हैसियतमा हुन लागेको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउनेछ ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा वैशाख ४ गते मन्त्री ज्ञवालीले उहाँका समकक्षी वीसँग दुई पक्षीय वार्ता गर्नुहुनेछ । चीनको बेइजिङमा रहँदा मन्त्री ज्ञवालीले चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्नुहुनेछ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री