बिहीबार, २० असोज २०७९

प्रदेश नं ३ ले मर्यादाक्रमको लगायो टुङ्गो

समयपोष्ट २०७४ चैत २९ गते १६:३०

प्रदेश नं ३ सरकारले प्रदेशसभा सदस्यको मर्यादाक्रमको टुङ्गो लगाएको छ ।

Advertisement

आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रतिनिधसभा, राष्ट्रियसभापछि मर्यादाक्रममा प्रदेशसभा रहने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्यको मर्यादाक्रमका विषयमा प्रदेशसभा सदस्यले संसद्मा प्रस्तावित विधेयकमा सहमति नजुटाएको अवस्थामा मन्त्रिपरिषद्को बैठकले यसको टुंगो लगाएको हो ।

त्यस्तै बैठकले प्रदेशसभा सचिवको योग्यता, काम कर्तव्य अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ को मस्यौदा विधेयक स्वीकृत गरेको छ । बैठकले सवारी साधन खरिद सम्बन्धमा मापदण्ड निर्धारण, २०७४ र सञ्चित कोष कार्यविधि स्वीकृत गरेको छ ।

यसैगरी आकस्मिक कोष, २०७४ मस्यौदा गर्न अवधारणा पत्र स्वीकृत गरेको सरकारका प्रवक्ता ढुंगेलले जानकारी दिनुभयो ।

Advertisement

बैठकले विनियोजित ऐन, २०७४ सम्बन्धी विधेयकको मस्यौदा गर्न सोसम्बन्धी अवधारणा पत्र र प्रादेशिक दुग्ध विकास बोर्ड ऐन, २०७४ स्वीकृत गरेको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री