शनिबार, ८ वैशाख २०८१

प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई अहिलेनै सफल र ऐतिहासिक भन्न सकिदैन : प्रकाशमान

समयपोष्ट २०७४ चैत २५ गते ७:४३

नेपाली कांगे्रसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई अहिल्यै सफल र ऐतिहासिक भन्न नसकिने बताएका छन् । प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै उनले भने, ‘उहाँले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भने भ्रमण सफल भएको मान्न सकिन्छ ।’

Advertisement

कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमै गरेर ओलीले आफ्नो ‘उग्र राष्ट्रवाद’ छर्लङ्ग पारेको समेत बताए । उनले भने,‘विगतमा उहांको उग्र राष्ट्रवाद कसरी प्रस्तुत भएको थियो, आखिर भ्रमण त भारतकै गरेर देखाउनु भो नि,।’ उनले भने, ‘उहाँको राष्ट्रवादको विषय इतिहासले मूल्याङकन गर्नेछ ।’

नेता सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको कांग्रेसको रचनात्मक साथ र समर्थन रहने बताए । तर, लोकतन्त्रका मूल्य मान्यताको तल माथि गरे चुप लागेर नबस्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री