बिहीबार, १५ चैत २०८०

सलमान खानलाई जमानत

समयपोष्ट २०७४ चैत २४ गते १५:०८

भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उहाँका वकीलले बताउनुभएको छ ।

Advertisement

भारतीय सञ्चारमाध्यमसँग वकील महेश बोहोराले भन्नुभयो, एक जना न्यायाधीसले जमानतका लागि स्वीकृति दिँदै हस्ताक्षर गर्नुभएको छ । सम्भवत उहाँ शनिबार नै जोधपुर जेलबाट छुट्नु हुनेछ ।

विश्वका केही धेरै पारिश्रमिक लिने अभिनेतामध्येका सलमान खानलाई बिहीवार राजस्थान राज्यको जोधपुरस्थित एक अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेलसजाय सुनाएको थियो भने १० हजार रुपैयाँ जरिवाना गराएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री