शनिबार, २१ असार २०८२

बिओकेको ‘समर बोनान्जा अफर’, दैनिक १ हजारसम्म क्यासब्याक

समयपोष्ट २०७४ चैत २३ गते ६:४८

बैंक अफ काठमाण्डूले समर बोनान्जा अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत बिओकेको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरि नेपालका जुनसुकै पिओएस मेसिनमा प्रयोग गर्दा ग्राहकले १० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Advertisement

यो योजना चैत २४ गतेदेखि सीमित अवधिका लागि मान्य हुने बैंकले जनाएको छ । यस योजनामा कार्डधनीले दैनिक एक हजारसम्म र योजना अवधिभर पाँच हजार सम्मको क्यास ब्याक पाउने ब्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री