शनिबार, १५ वैशाख २०८१

एक्लै आयो साम्राज्ञी र नाजिरको ‘तिमीसँग’

समयपोष्ट २०७४ चैत २३ गते ६:२६

फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट एक मात्र चलचित्र ‘तिमीसँग’ प्रदर्शनमा आयो ।

Advertisement

‘हिरोज’ पनि आजबाटै प्रदर्शनमा आउँने भनिएको थियो । तर केही साता अगाडी आएको चलचित्र ‘सत्रु गते’ले धेरै चलचित्र भवन अझै कब्जा गरेका कारण ‘हिरोज’ सरेपछि ‘तिमीसँग’ले एकल प्रदर्शन पाएको हो ।

‘तिमीसँग’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र हो ।

बुधबार राजधानीमा प्रिमिएर समेत गरिएको चलचित्रले प्रिमिएरमा राम्रो प्रतिक्रिया पाएको थियो । अन्नपूर्ण बेस क्याम्पमा समेत छायाँकन भएको चलचित्रमा साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुसेन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

टुरिस्ट गाइडको प्रेमकथा बोल्ने चलचित्र प्रति साम्राज्ञी निकै आशावादी छन् । पुनहिल, घोरोपनी, देउराली, घान्दु्रकलगायतका क्षेत्रमा समेत छायाँकन भएको चलचित्र निर्देशक राणाले नै निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री