
गुँरास लाइफ इन्स्योरेन्स क.लि. ले मृत्यु दाबी भुक्तानी गरेको छ ।
लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाउँपालिका वडा नं.०३ मा बसोबास गर्ने स्व. सुमन राना मगरको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति ईन्द्र बहादुर राना मगरलाई गुँरास सावधीक जीवन बीमा गराए बापत बीमा दावी रकमको चेक (अक्षरुपीः पाँच लाख त्रियानब्बे हजार तिन सय बीस मात्र ।) भुक्तानी गरेको हो ।
उक्त रकम इन्स्योरेन्सका नारायणगढ शाखाका शाखा प्रमुखओमकार सिग्देल, कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहितको टिमले बिहीबार एक कार्यक्रमकाबिच हस्तान्तरण गर्नुभयो ।
स्व. सुमन राना मगरको केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो । उहाँले दुई बर्ष अगाडी सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत ५ लाख को सावधीक जीवन बीमा गर्नु भएको थियो ।
शाखा प्रमुख सिग्देल ले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रामा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागी महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताउनुभयो ।










प्रतिक्रिया