बैंक वित्तीय संस्थाले बढाएनन् निक्षेपको ब्याजदर

वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्।

Advertisement

बुधबार प्रकाशित सूचना अनुसार बैंकहरुले ब्याजदर बढाएका छैनन्।

बैंकहरुले फागुनदेखि निक्षेपको अधिकतम ब्याज ११.०३ प्रतिशत राखेका छन्। यसको पाँच प्रतिशत बिन्दु कम ब्याज बचतको हुन्छ। यद्यपी रेमिटेन्स खातामा भने १२.०३ प्रतिशत ब्याज दिन पाइन्छ।

संस्थागत निक्षेपकर्ताले १०.०३ प्रतिशत मात्र ब्याज पाउने छन्। विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याज दरलाई यथावत राखेका छन्।

गत आइतबार बसेको नेपाल बैंकर्स संघको बैठकले बैशाखमा चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिने सहमति गरेको थियो। सोहि सहमति अनुसार बैंकहरुले ब्याजदरको सूचना प्रकाशित गरेको हुन्।

Advertisement

बैंकहरुले गत पुस र माघ महिनामा ब्याजदर नबढाए पनि फागुनमा भने बढाएर ११.०३ प्रतिशत पुर्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री