सोमबार, ७ जेठ २०८१

माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंकको अगुवाइमा सह–वित्तीयकरण अन्तर्गत कर्जा लगानी

समयपोष्ट २०७८ चैत २९ गते १८:०५

Advertisement

एनएमबि बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् ।

बैंक र हाइड्रोइलेक्ट्रीसिटीले ४२ मेगावाट क्षमताको कास्की जिल्ला, अन्नपुर्ण गाउँपालिकामामा रहेको माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न शर्त/समझदारी सम्बन्धी पत्रमा आज हस्ताक्षर भएको छ ।

माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंकको अगुवाइमा सह–वित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको विज्ञप्तीमा उल्लेख छ ।

मोदी जलविद्युत कम्पनीको मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहने छ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत ९ अर्ब ८ करोड रहने बताइएको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकबाट जारी इन्भारमेन्टल एण्ड सोसियल रिक्स म्यानेजमेन्ट–२०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको जनाएको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । उक्त पत्रिकाद्वारा एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ । एनएमबि बैंकले २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री