एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु

यो नयाँ वर्ष एनसेलका ग्राहकहरुका लागि निकै नै विषेश हुने भएको छ । नयाँ वर्ष २०७९ को शुभ अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ ।

Advertisement

यी अफरहरु आज आइतबार (चैत्र २७) बाट, संचालनमा आएको एनसेलले जनाएको छ ।  यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।

कम्बो प्याक अन्तर्गत ७ दिनको समयसिमा रहेको प्याक ग्राहकले कर सहित मात्र रु ९६ मा सुचारु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले रु १६८ मा ५ जिबि अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र रु १६८ मा सुचारु गर्न सक्छन् । ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले रु २९८ मा २.५ जिबि डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३एष्ट्रिक्स१ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् ।

कम्बो प्याक अन्तर्गतनै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समयसिमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । रु ७९८ मा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबि डेटा सहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रहि), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन् । यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र रु ९९८ मा हरेक दिन २ जिबि डेटा २८ दिन सम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन् ।

• डेटा र सबै नेटवर्कमा कुरा गर्न सकिने टक टाइम सहितको कम्बो प्याकहरु सुलभ दरमा
• २८ दिने कम्बो प्याकको खरिदमा नन् स्टप अन नेट कल सुविधा
• रु ५० वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा हरेक ग्राहकले सोसल मिडिया प्याक बोनस पाउने

Advertisement

यसका साथै रिचार्ज योजनामा ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसिमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तैगरी रु १०० देखि रु १९९ को रिचार्जमा ग्राहकले ३ दिनको समयसिमा रहेको २०० एमबी सोसल प्याक र रु २०० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले ७ दिनको समयसिमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन् । यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र यूट्युब चलाउन प्रयोग गर्न सक्छन् ।

नयाँ वर्षको अवसरमा ल्याइएका यी नयाँ योजनाहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरुलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । रिचार्ज योजना १५ दिनको लागि मान्य रहनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री