
नेपालको अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्नो ‘तूफान’ अफर सार्वजनिक गरेको छ । कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो ।
घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी ‘तूफान’ अफर सार्वजनिक गरेको हो । उक्त अफरमा सेवाग्राहीले ५० Mbps देखि १०० Mbps सम्मको हाइ स्पिड ईन्टरनेट र फ्री IPTV पनि पाउनेछन् । उक्त तूफान अफरमा ५० Mbps अन्तर्गत प्रती महिना १,२५० को दरमा १ वर्षको लागि १५ हजार रुपैयाँ (भ्याट बाहेक) जसमा २ IPTV नि:शुल्क हेर्न पाइनेछ तथा ८० Mbps अन्तर्गत ३ IPTV सम्म प्रति महिना १,४०० का दरले १६ हजार ८०० र १०० Mbps अन्तर्गत ३ IPTV सम्म प्रती महिना १ हजार ८०० को दरले २१ हजार ६०० मा जडान गर्न सक्नेछन् ।
क्लासिकटेकको इन्टरनेटसँग IPTV को ५० भन्दाबढी HD च्यानलहरु र १०० SD च्यानलहरु नि:शुल्क हेर्न पाउनेछन् । साथै सबै पुरानो तथा नयाँ टि.भी मा पनि Youtube हेर्न पाउनेछन् । यति मात्र नभइ कम्पनीले आफ्नो पुरानो ग्राहकहरुको लागि रिचार्ज अन्तर्गत तूफान रिचार्ज अफर प्याकेज पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत पुरानो ग्राहकले कुनै पनि प्याकेज तूफान ५० Mbps, तूफान ८० Mbps र तूफान १०० Mbps मा रिचार्ज गर्न पाउनेछन्न् । ३० प्रतिशतसम्म क्यास डिस्काउन्ट प्राप्त गरी १० हजार ४५८ बचाउनेछन् भने २ महिना बोनस पनि प्राप्त गर्नेछन् साथै अन्य प्याकेज अफरका लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्न सक्ने बताएको छ ।
कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ म्यानेजर बिनय कुमार अधिकारीकाअनुसार इलेक्ट्रोनिक अत्याधुनिक डिजिटल प्राविधि IPV6 मोडेलमा विस्तार गराउन सफल क्लासिकटेक ईन्टरनेट कम्पनी भरपर्दो र गुणस्तरीय रहेको र यसै अनुसार सेवा दिइदै आएको बताए । ठुलो नेट्वोर्क रहेको क्लासिकटेकले १०३ वटा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको जानकारी दिए ।









प्रतिक्रिया