आइतबार, २६ वैशाख २०७८

उदयपुरको लालपत्तामा सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा

समयपोष्ट २०७८ वैशाख ३ गते १३:०७

Advertisement

सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उदयपुरको लालपत्तामा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्तामा १०९ ओैँ शाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी रोमा कुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

Advertisement

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री