शुक्रबार, १४ वैशाख २०८१

उपत्यकाका सहित १४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह

समयपोष्ट २०७८ वैशाख २ गते १८:४९

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका बालबालिकालाई बिद्यालय नजान आग्रह गरेको छ ।

मन्त्रालयले बिहीबार एक सुचना जारी गर्दै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लाका बालबालिकालाई बिद्यालय नजान भनेको हो ।

यसैगरी मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नभइदिन अनुरोध गरेको छ ।

कोरोना संक्रमण दर तीव्रगतिमा बढेपनि मन्त्रालयले सम्पूर्ण अस्पतालहरुलाई फिवर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमूना संकलन गर्न निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री