शनिबार, १५ वैशाख २०८१

नयाँ बर्षको अवसरमा नबिल बैंकले ल्यायो “ढुक्क र दङ्ग” अफर

समयपोष्ट २०७७ चैत ३१ गते २०:५९

Advertisement

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।

अफर अन्तर्गत बैंकले नबिल आइ कार्ड र नबिल क्रेडिट कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

उक्त छुट अफर २०७८ बैशाख महिनाभर रहने जनाउँदै बैंकले ग्राहकहरुलाई लाभ उठाउन अनुरोध गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री