मंगलबार, ३१ असार २०८२

२८ दिनदेखि बन्द सुनचाँदी पसल खुल्यो, प्रतितोला कति तोकियो सुनको मुल्य ?

समयपोष्ट २०८२ असार २७ गते १२:०७

Advertisement

नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आन्दोलनरत सुनचाँदी व्यवसायी र सरकारबीच ६ बुँदे सहमति भएपछि २८ दिनदेखि बन्द रहेका सुनचाँदी पसलहरू आजदेखि खुलेसँगै नयाँ मूल्य सार्वजनिक भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबारको तुलनामा प्रतितोला दुई हजार ४०० रुपैयाँले बढी हो। यसअघि सुन प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला दुई हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री