बिहीबार, २० वैशाख २०८१

रु रु जलविद्युतको आईपीओ खुल्यो, प्रतिकित्ता १२० रुपैयाँ

समयपोष्ट २०७७ चैत २० गते ९:५३

Advertisement

रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण सेयरमा आवेदन खुलेको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता साधारण सेयर जारी गरेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

साधारण सेयरमा चैत २४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा बैशाख ३ गतेसम्म म्याद थप गरिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री