बुधबार, ७ साउन २०८२

सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा

समयपोष्ट २०७५ चैत १३ गते १६:४७

सिदार्थ बैंकले सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ ।

उक्त खातामा बैंकको डेविट कार्ड प्रयोग गरी देशभरि रहेका जुनसुकै बैंकको एटीएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क लाग्ने छैन । साथै युएनओ साझेदार केन्द्रहरुमा ४०५ सम्म छुट प्राप्त गर्न सकिने, युएनओ क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने, वार्षिक ब्याजदर ६.५ प्रतिशत पाइने जस्ता विशेषता यो खातामा रहेको बैंकले जनाएको छ।

यो खाता बैंकको देशभर रहेका १४६ शाखाहरुबाट वा https://openaccount.siddharthabank.com/गइ सजिलैसँग खोल्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री