बुधबार, ७ साउन २०८२

काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा लक्ष्मी बैंकको नयाँ शाखा

समयपोष्ट २०७५ चैत १२ गते १४:२१

लक्ष्मी बैंकले काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त शाखा मार्फत सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, विमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दैआएको छ ।

हाल बैंकले ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री