बुधबार, ७ साउन २०८२

सल्यानको श्रीनगरमा ग्लोबल आइएमई बैंकको शाखा कार्यालय

समयपोष्ट २०७५ चैत १० गते १७:१७


ग्लोबल आइएमई बैंक लिमिटेडले सल्यान जिल्लाको श्रीनगर स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।

सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार औपचारिक समुद्घाटन गरे ।

उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथा गतिविधी र बैंकिङ सेवाको पहुँचको लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेकोमा खुसी व्यक्त गर्नुका साथै यस क्षेत्रको आर्थिक विकासमा ग्लोबल आईएमई बंैकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगर, सल्यान शाखा विस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने र साथसाथै बैकिङ्ग पहुँच नपुगेको स्थानमा समेत बैकिङ्ग पहुँच पुु¥याउने कुरा बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री