शुक्रबार, ७ वैशाख २०८१

ज्योति विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७५ चैत ५ गते १६:०९


ज्योति विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

Advertisement

सम्झौता पत्रमा मंगलवार ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।

सम्झौताबाट ज्योति विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने कम्पनिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री