शुक्रबार, १६ चैत २०८०

एभरेष्ट इन्स्योरेन्स र देवः विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

समयपोष्ट २०७५ चैत ५ गते १३:२५


एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र देवः विकास बैंक लिमिटेडबीच बैकासुरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ ।

Advertisement

देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहिवार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौताबाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा देवः विकास बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको जनाइृएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री