शुक्रबार, १४ वैशाख २०८१

एनएमबि बैंकको ३० लाख कित्ता ऋणपत्र निश्काशन, वार्षिक दश प्रतिशत ब्याज

समयपोष्ट २०७५ फागुन ३० गते ११:०९

Advertisement

यसअघि ५० करोड रुपैयाँको ऋणपत्र निश्काशन गरेको एनएमबि बैंकले पुन: तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गरेको छ। बिहीबार देखि निश्कासन गरिएको ऋणपत्रमा एक हजार रुपैयाँ अंकित दरमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड रुपैयाँसम्म आवेदन गर्न सकिनेछ ।

दश वर्ष अवधिको ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशत ब्याज दिने छ । ब्याज भुत्तानी भने अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ ।बैंकको ऋणपत्र १० वर्षपछि परिपक्व भएपश्चात साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी हुनेछ ।

बैंकले कूल निष्काशित ३० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गरेको हो । बाँकी १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट (प्राइभेट प्लेसमेन्ट) बिक्री हुने बैंकले जनाएको छ ।

‘एनएमबि ऋणपत्र २०८५’ को निश्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ ।

ऋणपत्रमा सि आश्वा प्रणाली मार्फ सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिने व्यवस्था छ । ऋणपत्रको बिक्री छिटोमा चैत ४ गते तथा ढिलोमा चैत १४ गते बन्द गरिने बिक्री प्रबन्धकले जनाएको छ ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्गले न्युन जोखिम जनाउने अर्थात प्रयाप्त सुरक्षा सूचक रहेको ’इक्रा एनपि एलए माइनस’ ग्रडिङ्ग दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री