मंगलबार, ६ साउन २०८२

जनबिजय क्याम्पसलाई प्राइम कमर्सियल बैंकको सहयोग

समयपोष्ट २०७५ फागुन १९ गते २०:१३

प्राइम कमर्सियल बैंकले काभ्रेको रोेशी गाउँपालिका मंगलटार स्थित मंगल जनबिजय क्याम्पसलाई ६० वटा बेन्च डेक्स सहयोग गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले क्याम्पस प्रशासनलाई उक्त डेक्स बेन्च हस्तान्तरण गरे । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसलाई सहयोग गरेको हो ।

साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग चेतनामूलक शिक्षा प्रदान गरि बैंक तथा बित्त सम्बन्धी अन्र्तरक्रिया समेत गराए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री