मंगलबार, ११ कार्तिक २०८२

युनाईटेड ईन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, २४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

समयपोष्ट २०७५ फागुन १७ गते १२:२७

Advertisement

युनाईटेड ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारण सभाले २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

 

बिहीबार सम्पन्न विशेष साधारण सभाले कम्पनी संचालक समितिको ३२३ औँ बैठकले पेश गरेका विशेष प्रस्तावहरु माथि छलफल सहित पारित गरेको हो ।

Advertisement

कम्पनीले वर्तमान चुक्तापूँजी तीस करोड चौविस लाखको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

 

साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारीपुँजी र चुक्तापुँजी एक अर्व दुई करोड एकासीलाख साठ्ठीहजार रुपैया मात्र कायम गर्ने यसका साथै सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथ नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री