शुक्रबार, १४ वैशाख २०८१

बजाज ‘डोमिनार ४००’सार्वजनिक, मुल्य ४ लाख ६९ हजार ९ सय ९९ रुपैयाँ

समयपोष्ट २०७३ चैत ६ गते ४:३४

बजाजले नेपालमा आफ्नो नयाँ मोटरसाइकल ‘डोमिनार ४००’ सार्वजनिक गरेको छ । काठमाडौंमा विशेष समारोहबीच गोल्छा अर्गनाइजेसनअन्तर्गतको एचएच बजाजले डोमिनार ४०० नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले डोमिनारले मूल्य, लुक्स, पावर र पफर्मेन्सका आधारमा नेपाली बजारमा उपलब्ध अन्य बाइकलाई ‘डोमिनेट’ गर्ने दाबी गरेको छ ।
स्पोर्टी लुक्स र फिचर्सयुक्त यो बाइकलाई विशेषगरी युवापुस्ताले रुचाउने अपेक्षा गरिएको छ । मस्कुलर डिजाइनमा निर्माण गरिएको यो बाइकले क्रुजर बाइकको अनुभूति प्रदान गर्छ । नेपाली मोटरसाइकल बजारमा ५० प्रतिशत हिस्सा ओगटेको बजाजले डोमिनार सार्वजनिक भएपछि त्यसलाई ८० प्रतिशतसम्म पु¥याउन सक्ने अनुमान गरेको छ ।
मोटरसाइकल सार्वजनिक गर्दै एचएच बजाजका म्यानेजिङ डाइरेक्टर शेखर गोल्छाले भने ‘पल्सरले जसरी नेपाली सडकमा आफ्नो इतिहास कोरेको छ, यसले पनि आफ्नो सेगमेन्टमा आफ्नो छुट्टै इतिहास बनाउनेछ,’ उनले भने, ‘पल्सरबाट अपग्रेड भएर स्तरीय र आकर्षक बाइक चढ्न चाहनेका लागि योबाहेक अर्को विकल्प नै हुने छैन ।’
 डोमिनार ४०० को टप स्पिड १४८ किलोमिटर प्रतिघन्टा छ । यसले प्रतिलिटर झन्डै ३० देखि ३५ किलोमिटरसम्म माइलेज दिनेछ । यो मोटरसाइकलको मूल्य नेपाली बजारमा ४ लाख ६९ हजार ९ सय ९९ रुपैयाँ तय गरिएको छ । तीन आकर्षक कलरहरूमा उपलब्ध बाइकले नेपाली प्रिमियम बाइक बजारमा तहल्का मच्चाउने कम्पनीको दाबी छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री