बिहीबार, २० वैशाख २०८१

काबुलको एक अस्पतालमा आत्मघाती आक्रमण,दुई जनाको मृत्यु

समयपोष्ट २०७३ फागुन २५ गते ८:१७

अफगानस्थानको काबुलस्थित  सरदार दाऊद खान अस्पतालमा बुधबार आत्मघाती आक्रमण भएको छ । आक्रमणकारी डाक्टरको पोशाकमा अस्पताल प्रवेश गरी खुलेआम गोली चलाएको प्रत्यक्षदर्शिलाई उद्रित गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उक्त घटनामा दुई जनाको मृत्यु भएको छ भने पन्ध्र जना घाईते भएका छन् ।  काबुलकै सबैभन्दा ठूलो अस्पताल सरदार दाऊद खान अस्पतालमा भएको घटनाको जिम्मेवारी हालसम्म कसैले पनि लिएका छैनन् । घटनामा तालिवानको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री