बिहीबार, १३ वैशाख २०८१

पाँच सय बर्ष अघि मत्यु भएको बालिकाको सवबाट बैज्ञानिकहरुले प्राप्त गरे अनौठो रहस्य

समयपोष्ट २०७३ फागुन २० गते ६:१९

संसारमा यस्ता कर्यौ कुराहरु छन् जसको उत्तर कसैसंग पनि हुँदैन । सन् १९९९ मा अर्जेन्टिनाको ज्वालामुखिको खरानीेबाट करीब ५०० बर्ष पुरानो १५ बर्षिया बालिकाको सव फेला पर्यो बैज्ञानिकहरु पनि अचम्मित भए । सर्यौ साल पुरानो बालिकाको सवसंगै सुन चाँदी महंगा लुगाफाटा र अन्य महत्वपुर्ण सामाग्रीहरु बैज्ञानिकहरुले प्राप्त गरे । बैज्ञानिकहरुले निकालको उक्त सव हेर्दा कसैले पनि ५०० बर्ष पुरानो भनेर पत्याउँने खालको थिएन । तापक्रम कम भएको कारण उसको कपाल,शरीर ,छाला सबै भर्खर मृत्यु भएको मानिसको जस्तो देखिन्थ्यो । सबैभन्दा अचम्मको कुरा त सो सवमा बैज्ञानिकहरुले रगत समेत भेटे । जब बैज्ञानिहरुले सवबाट प्राप्त रगतको रिसर्च गरे ,विभिन्न प्राण घातक रोगहरुको लागि त्यो रगत प्रभावकारी हुने पत्ता लाग्यो । यो खोज यस्तो थियो जुन जो कसैलाई पनि विश्वास गर्न निकै कठिन थियो । तर बैज्ञानिकहरुले लामो समयसम्म अनुसन्धान गरेपछि आखिर यो कुराको पुष्टि गरेरै छाडे । 

Advertisement

1f

आखिर के हो यसको रहस्य
यो ममीको नाम 'द मेडेन'राखिएको छ । उक्त सवबाट प्राप्त बहुमुल्य वस्तुहरुको आधारमा इतिहासविद्हरुले सो बालिकालाई देवताहरु खुसि पार्न बलि दिएको हुनसक्ने अड्कल गरेका छन् । अनुसन्धानको क्रममा ममीको दाँतको बीच भागबाट कोकाको पात प्राप्त भएको थियो । बच्चीलाई सबैभन्दा पहिले कोकाको पात खुवाएको र  त्यसपछि केही बिषालु पदार्थ पिलाएर पुजारीहरुले मारिदिएको हुनसक्ने आँकलन गरिएको छ । त्यसपछि बच्चीलाई चिसोमा मर्नको लागि छोडिदिएको हुनसक्ने आँकलन गरिएको छ । यसको अलावा ममीको शरीरमा टी वीको ब्याक्टेरीया पनि बैज्ञानिले फेला पारेका छन् । बैज्ञानिकहरुले सो ब्याक्टेरिया कर्यौ निको नहुने रोग निको गर्न प्रभावकारी हुने दाबी गरेका छन् । 

2fअर्जेन्टिनाको यहीँ ज्वालामुमखको खरानी मुनि गाडीएको थियो सव

उक्त सव प्राप्त भएपछि गाडीएकी बालिका त्यहाँ बसोबास गर्ने इन्का समुदायको रहेको पत्ता लाग्यो । इन्का समुदायको एक विशेष परम्परा अनुसार बालिकाहरुको बलि चढाउँने गरिन्छ । जसमा खासगरी छ देखि १५ बर्षकी बालिकाको बलि दिने गरिन्छ ।

3fइतिहासलाई विश्वास गर्ने हो भने बैज्ञानिकहरुले उनको फोक्सोमा इन्फेक्सन भएको जानकारी हाँसिल गरे । यस भन्दा अघि बैज्ञानिकहरुले  कर्यौ ममीहरुको अध्ययन अनुसन्धान गर्दा कसैको सवबाट ब्याक्टेरीया रहेको पुष्टि भएको थिएन । तर यो सव यति बर्ष पुरानो हुँदा पनि यति राम्रो अवस्थामा थियो कि उनको कपालमा जुम्रा परेको बैज्ञानिकहरुले फेला पारे ।  

4fउक्त सवमा प्राप्त रगतमा बैज्ञानिकहरु थुप्रै बिरामीको उपचार खोज्नमा लागिपरेका छन् । बैज्ञानिकहरु बच्चीको यो ममीबाट कर्यौ राजहरु खुल्नसक्ने बताउँछन् । बैज्ञानिकहरुलाई विश्वास गर्ने हो भने यस सवबाट प्राप्त रगतले मरेका मान्छेहरुलाई समेत जिवित पार्नसक्ने बैज्ञानिकरु बताउँछन् । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री